मलेशियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग

आजको खबर   |    प्रकाशित : २०७५ पुष २४ गते १६:२५

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरुले मलेशियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेशियामा काम गर्न जाने कामदारहरुले दवाव दिइरहँदा पनि सो सम्बन्धमा सरकारले सुनुवाई नगरेको गुनासो पनि गरेको छ।

मंगलबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै संघका अध्यक्ष रोहन गुरुङले मलेशियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग गरे।

उनले मलेसियामा जाने कामदारहरुले दवाव दिँदा समेत सरकारले सो ठाउँमा कामदार पठाउने अनुमति नदिएको भन्दै गुनासो पनि गरे। अध्यक्ष गुरुङले सरकारले वैदेशिक रोजगारसम्बन्धि विभेदकारी नीति लिएको भन्दै आपत्ति पनि जनाए।

खाडी तथा मलेशिया कामदार पठाउँदा फ्रि टिकट र दक्षिण कोरियामा कामदार पठाउँदा शुल्कसहितको विभेदकारी नीति लिएको उल्लेख गर्दै उनले तत्काल सच्याउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

सरकारले दक्षिण कोरियामा जाने कामदारहरुलाई टिकट शुल्क लिने व्यवस्था गरेको छ। तर, मलेसिया र खाडी मुलुकमा भने फ्रि टिकटको व्यवस्था गरिएको छ।

सरकारको सो नीति विभेदकारी भएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुको आपत्ति छ। संघका अध्यक्ष गुरुङले सो विभेदकारी नीति तत्काल सच्याउन र वैदेशिक रोजगार व्यवसायीलाई मारमा नपार्न पनि सरकारलाई सचेत गराए।

२०७५ पुष २४ गते १६:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर