निर्मलाको बलात्कार पछि हत्याको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

आजको खबर   |    प्रकाशित : २०७५ असोज १३ गते ९:२६

काठमाडौँ। कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाहीको माग गदै राजधानीको माईतीघर मण्डलामा दबाबमूलक प्रदर्शन गरिएको छ।

निर्मला पन्तको न्यायका लागि स्वतः स्फुर्त रुपमा शनिबार राजधानीको माईतिघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे।

 

 

विवेकशील साझापार्टीका नेता तथा कार्यकता समेत सहभागि कार्यक्रममा घटनाको दुई महिना भईसक्दा पछि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरुले गृहमन्त्री र सरकार विरद्ध नाराबाजी गरे।

छानविन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारवाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनिकरणको माग सहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए।

गृहमन्त्रालयद्धारा गठित उच्चस्तरीय छानविन समितिले सो घटनको अध्ययन प्रतिवेदन बुझाईसकेको भएपनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन।

२०७५ असोज १३ गते ९:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर