त्रिभुवन विमानस्थलको रनवेमा धाँजा परेपछि आकाशमै होल्ड भए विमान

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १२:५७

काठमाडौँ । धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ।

रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन्। रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नुपरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

अबको केही समयपछि नै उडान अवतरण सामान्य हुने उनले बताए। खासगरी वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक-पटक समस्या आउने गरेको छ।

२०७५ असोज २ गते १२:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर