वडादशैँको मुख्य दिन भोली ! यस्तो छ टीकाको साइत
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १ गते ११:१२
काठमाडौँ । कात्तिक २ गते विजयादशमीको मुख्य दिन हो । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ ।
यो दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
यो मुख्य साइत भए पनि दसैं अवधिभरि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाइएको छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा मनाएपछि बडादसैं समापन हुनेछ ।
२०७५ कार्तिक १ गते ११:१२ मा प्रकाशित