साउदी अरबमा १ सय ४३ नेपाली अलपत्र

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ११ गते १२:४८

निर्मला घिमिरे, काठमाडौं। वैदेशिक रोजगारको लागि विभिन्न कम्पनीमार्फत साउदी अरब पुगेका १ सय ४३ नेपाली अलपत्र परेका छन्। साउदीको तातो घाममा खटेर परिश्रम गरेपनि काम गरेको कम्पनीबाट पारिश्रमिक नपाएपछि नेपाली कामदार समस्यामा परेका हुन्। वैदेशिक रोजगार विभागको आर्थिक वर्ष ०७४/०७५ को तथ्याङ्क अनुसार हाल सम्म निकै ठूलो संख्यामा नेपाली कामदारहरु अलपत्र परेका छन्।

समस्यामा परेका नेपाली कामदारहरु कार्यरत कम्पनीहरु मध्ये सटिहामोउन्ड एलनुफेइ गेन कन्ट इष्ट, अभतार ह्युमेनरिर्सोसेस्, ह्युमन कम्पनी, साधान अल अमिट, अब्दुल्लाह एए एल माजाइसी इष्ट, समलनाको, द एल्लो प्लाष्टिक फ्याक्ट्री, एल बिडदिन फर नेशनल कन्ट्रयाक्टिङ्, इष्ट वेस्टन गेन कन्ट इष्ट, फेडेल अब्दुल्लाह बिनलादेन कन्ट्रयाक्टिङ इष्ट, क्यासेरएल नुखाबा फर कन्सट्रयाक्टिङ इष्ट, सालाम इष्ट फर टेक्नोलोजी एण्ड सोलार लाइट एल मसद फर रोड को लिमिटेड रहेका छन्।

यी कम्पनीमा कार्यरत नेपाली कामदारले पारिश्रमिक पाउन नसक्दा सयौं नेपाली कामदारहरु साउदीमै अलपत्र परेको तथ्याङ्कले देखाएको छ। ठगिएका १ सय ४३ नेपाली कामदारलाई साउदी अरब पठाउने मेनपावर कम्पनी मध्ये पिजन इन्टरनेशनल ओभरसिज प्राइभेट लिमिटेड, एसआइडी इन्टरनेशनल प्रालि, आरपी इन्टरनेशनल कन्सलटेन्सी, ह्याप्पी नेपाल एम्पोइमेन्ट प्रालि फ्यासीलिटी मेनपावर सर्भिसेस, केएसए इन्टरनेशनल प्रालि, बज्र ह्युमेन रिर्सोसेस, एसीई एम्प्लोइमेन्ट व्युरो प्रालि, हमदन इम्पोएमेन्ट सर्भिसेस हुन्।

यी कम्पनीमार्फत काम गर्न साउदी पुगेर अलपत्र भएका नेपाली कामदारलाई उद्धार गरी कार्यरत कम्पनी मार्फत पारिश्रमिक दिलाउन विभागले मेनपावर कम्पनीहरुलाई निर्देशन समेत दिएको थियो। साउदी अरबका उल्लेखित विभिन्न कम्पनीमा कार्यरत समस्यामा परेका र तत्काल तलब दिलाई स्वदेश फिर्ता गर्नुपर्ने नेपालीमा सबै भन्दा बढी सङ्ख्यामा रियाद सहरको लमिक कन्ट्रयाक्टिङ एण्ड कन्सट्रक्सन कम्पनीमा २० जना नेपालीहरु समस्यामा परेका छन्।

विभागको तथ्याङ्क अनुसार उनीहरु दश महिनादेखि उक्त कम्पनीमा कार्यरत छन् तर पनि कम्पनीबाट पारिश्रमिक भने पाएका छैनन्। समस्यामा परेका २० जना मध्ये बाबु तामाङ, सुरेश वाइबा, सुजन श्रेष्ठ, दिनेश शाही, प्रेमबहादुर घलान, गिरिराजबहादुर खत्री, हेमबहादुर खत्री, मिलन खनाल, मिलन राई, रामकुमार मगर, रामप्रताप महरा, ललिन्द्र महरा, सन्तोस कुमार शाह, इश्वरी प्रसाद तिवारी, मनोज कुमार चोधरी, शम्भु यादव, धनलाल यादव, बुद्धबहादुर धेय, नारायण चन्द्र कार्की, कामेश्वर शाही रहेका छन्।

त्यसैगरी दुई वर्षदेखि कार्यरत ११ जना नेपाली कामदारहरु जेद्धाह सहरको बिनहुसेन कन्ट्रक्सन कम्पनीमा अलपत्र परेका छन्। उनीहरु हमदन इम्पोएमेन्ट सर्भिसेस मेनपावर मार्फत साउदी गएका हुन्। अलपत्र पर्ने ११ जनामा चन्द्रेश्वर मुखिया, राममिलन अहिर, ललित बहादुर खड्का, लोकेन्द्र गुरुङ, राकेश कुमार राय, सन्तलाल तेली, सद्दाम पठान, उमेश बस्याल, चन्द्रेश्वर दास, अरुण गुरुङ रहेका छन्। उता रियाद सहरमै अलमसद फर रोड लिमिटेडमा १२ जना नेपाली कामदार अलपत्र परेका छन्।

अलपत्र पर्ने १२ जनामा सन्जय विक, बाबुराम चन्द, इन्द्रबहादुर बुढा, राजेन्द्र तेली, बद्री सदा, माधव मैनाली, सरोज कुमार, श्यामकुमार घिमिरे, चन्द्रबहादुर घलान, श्याम सदा, नारायणबहादुर सरु, चेतबहादुर सुनार हुन्। दम्माम सहरमा नेपालको साहारा इन्टरनेशनल प्राइभेट लिमिटेड मेनपावरमाफर्त गएका पाँच जना नेपाली कामदार अलपत्र छन्। अलपत्र पर्नेहरुमा रमेश सदा, लभजिवन चौधरी, हर्कबहादुर तिरुवा, बिमल हुमागाँइ, श्यामबहादुर पाख्रिन रहेका छन्। यसरी साउदीमा सयौँ नेपालीहरु अलपत्र परेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ।

२०७५ भदौ ११ गते १२:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर