अनुमति नलिएका कारण उपकुलपतिलाई रोकिएको शिक्षा मन्त्रालयको स्पष्टोक्ति

आजको खबर   |    प्रकाशित : २०७५ असार २५ गते ६:२७

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा विज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्नेमा कुनै अनुमति नलिएको जनाएका हुन्।

प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व मन्त्रालयबाट अनुमति लिनुपर्नेमा उनले नलिएको विज्ञप्तिमा उल्लेख छ। ुसार्वजनिक पद धारण गरेका व्यक्तिले विदेश भ्रमण गर्दा सम्बन्धित पदाधिकारीको हैसियतमा वैदेशिक भ्रमण गर्दा प्रचलित कानुबमोजिम सम्बन्धित ुतालुकु निकायबाट अनुमति लिनुपर्ने प्रावधान भए पनि कुलपति प्राडा कुलप्रसाद कोइरालाले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिका हैसियतले कुलपति वा सहकुलपति वा यस मन्त्रालयबाट कुनै पनि प्रकारको अनुमति लिनुभएको छैनु, विज्ञप्तिमा भनिएको छ।

कोइरालाले भिसा सिफारिसका लागि सम्बन्धित विश्वविद्यालयबाट मन्त्रालयलाई कुनै पनि अनुरोध नआएको र मन्त्रालयले पनि कुनै सिफारिस नगरेको जनाइएको छ।क्यानाडामा हुन लागेको संस्कृत सम्मेलनमा जान लागेका उनलाई गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको थियो।

२०७५ असार २५ गते ६:२७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर