प्रचण्डले भने, ३ महिनाभित्र पार्टी एकता टुङ्ग्याउछौँ

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २ गते १६:३१

दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महीनाभित्र पार्टीको तल्लो कमिटीसम्म एकता गरिसक्ने बताएका छन्।

दोलखाको चरिकोट आफ्ना छोरा प्रकाश दाहालको प्रथम स्मृतिमा रिनेजम नेपालले आज आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनमा उनले प्राविधिक कारणले पार्टी एकताको कार्य ढिलाई भएको उल्लेख गरे।

“दुई जना अध्यक्षसहित मङ्सिर ६ गते सचिवालय बैठक बस्ने, प्रदेश कमिटी टुङ्ग्याउने, केन्द्रीय समितिका कार्य विभाजनको प्रस्ताव टुङ्ग्याउने र जिल्ला कमिटीका पदाधिकारी टुङ्ग्याउने ढङ्गले जाने तयारी भएको छ”, दाहालले भने।

पार्टी एकतामा कुनै विवाद नभएको स्पष्ट पार्दै उनले भने, “तपाईंहरूलाई नेतामा विवाद भएर, अन्तरविरोध परेर पार्टी एकता नटुङ्गिएको हो कि भन्ने लागेको हुनसक्छ। तर, कमिटी बनाउन विवाद, झमेला भएर ढिलाइ भएको होइन।” उनले जनमानसमा सरकारको केही आलोचना भए पनि सरकारले लोकप्रिय कार्य गरेको दावी गरे।

रिनेजम नेपालले आयोजना गरेको फुटबल प्रतियोगितामा दोलखालगायत देशभरका ११ समूहको सहभागिता छ। प्रतियोगिताको प्रथम पुरस्कार राशि रु १० लाख रहेको आयोजकले बताएको छ।

२०७५ मंसिर २ गते १६:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर