साक्षी धोनीको एउटा फोटोले मच्चियो बबाल
आजको खबर | प्रकाशित : २०७५ साउन १५ गते १२:१४

एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीकी पत्नी साक्षी धोनी एकपटक फेरि चर्चामा छिन्। दुई दिन पहिले साक्षीले आफ्नो इन्स्टाग्राममा एउटा फोटो पोस्ट गरेकी थिइन्। यो फोटोलाई अहिलेसम्म २ लाखभन्दा बढीले लाइक गरिसकेका छन्। यही तस्वीरका कारण उनले आलोचनाको सामना गर्नुपरेको छ।
फोटोमा उनले यस्तो ब्लाउज लगाएकी छिन् जो स्किन कलरको छ । यही कुरा मानिसहरुलाई चित्त बुझेको छैन। सामाजिक संजालमा प्रयोगकर्ताले साक्षीको निकै आलोचना गरेका छन् । अर्कोतर्फ सामाजिक संजालमै कैयौं प्रयोगकर्ता साक्षीको पक्षमा पनि देखिएका छन्। केहीले उनलाई फोटोमा राम्री नदेखिएपनि वास्तविकतामा राम्री भएको समेत टिप्पणी गरेका छन्।
केहीले उनको अनुहार र मेकअपको विषयमा पनि भद्दा कमेन्ट गरेका छन्। साक्षीले यही ड्रेसमा अरु फोटो पनि पोस्ट गरेकी छिन्। उनले यही ड्रेसमा पति महेन्द्र सिंह धोनीसँगको फोटो पोस्ट गर्दा भने यस्ता कमेन्ट छैनन्।