टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित

आजको खबर   |    प्रकाशित : २०७६ असोज २४ गते ०:५०

काठमाडौं । ओमनमा भइरहेको पाँच देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित भएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमनसामु ६५ रनको झिनो लक्ष्य पस्केको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमनले उक्त लक्ष्य ११.५ ओभरमा ४ विकेट जाँदा पूरा गर्यो । ओमनकालागि सुरज कुमारले ३० बलमा ४२ रन बनाए।

पाँच देश सम्मिलित उक्त सिरिजको नेपालले सुरूवाती दुई खेलमा हङकङ र नेदरल्याण्ड्स दुबैलाई चार विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने आयरल्याण्डसँग १३ रनले पराजित भएको थियो।

यो संगै सिरिजको चार खेलमध्ये चारवटै खेल जितेको ओमन ८ अंकसहित अंकतालिकाको शीर्ष स्थामा रहेको छ। तीन खेल जितेको आयरल्याण्ड ६ अंकसहित दोस्रोमा र नेपाल ४ अंकसहित तेस्रोमा स्थामा रहेका छन्। एकखेल जितेको नेदरल्यान्डस् चौथोमा छ भने चारै खेलमा पराजित भएको हङकङ अंकतालिकाको पुच्छारमा रहेको छ।

२०७६ असोज २४ गते ०:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर