जिम्बाबे चुनाव : प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु
आजको खबर | प्रकाशित : २०७५ साउन १७ गते १:२५

एजेन्सी । जिम्बाबेमा राजधानी हरारेमा विपक्षी दल समर्थक प्रदर्शनकारी र प्रहरीबीच मुठभेड हुँदा ३ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
विपक्षी गठबन्धन एमडीसीले गत सोमबार भएको राष्ट्रपतीय निर्वाचनमा सत्ताधारी जानू–पीएफले धाँधली गरेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएको हो । राष्ट्रपतीय निर्वाचनको नतिजा अहिलेसम्म सार्वजनिक भइसकेको छैन ।
यस्तै संसदीय चुनावको मतगणनामा सत्ताधारी पार्टीले अग्रता लिइसकेको छ । यद्यपी राष्ट्रपति इमरसन मनंगाग्वाले प्रदर्शनका क्रममा भड्किएको हिंसाको जिम्मा विपक्षी दलले लिनुपर्ने बताएका छन् । यसैबीच संसदीय निर्वाचनको जारी मतगणनामा सत्ताधारी जानू–पीएपले १ सय ३२ सिट जितिसकेको छ जबकी विपक्षी एमडीसी गठबन्धन ५९ सिटमा सिमित छ ।
गत सोमबार भएको निर्वाचनमा करीब ५० लाख मतदाताले मतदान गरेका थिए ।