जिल्ला प्रशासन दाङमा शनिबार पनि सेवा दिइने

आजको खबर   |    प्रकाशित : २०७५ साउन १७ गते १:४६

तुलसीपुर । आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय खोलेर सेवा दिने तयारी गरेको जानकारी दिए । भदौदेखि हरेक शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गरेर सम्पूर्ण सेवा प्रदान गर्ने उनले बताए ।

जिल्लाका दशवटै स्थानीय तहलाई शनिबार कार्यालय सञ्चालन गर्नेबारे सुझाव दिन पत्राचार समेत गरिएको छ ।रासस

२०७५ साउन १७ गते १:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर