जिम्बाबेको राष्ट्रपतिमा मनाङ्गाग्वा निर्वाचित

आजको खबर   |    प्रकाशित : २०७५ साउन १८ गते ३:१७

हरारे । जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मनाङ्गाग्वा विजयी भएका छन् । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ ।

मनाङ्गाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका विपक्षी नेल्सन चामिसाले ४४.३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । तर विपक्षीहरुले मतदानमा धाँधली भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने वा सडकमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

मतदानको दिन शान्तिपूर्ण रहेपनि गत बुधबार मतदानमा धाँधली भएको खबर फैलिएसँगै एकाएक हिंसा भडकिएको थियो । हिंसात्मक झडपका कारण तीन जनाको मृत्यु समेत भएको थियो ।

नवनिर्वाचित राष्ट्रपति मनाङ्गाग्वाले ट्वीट गर्दै भनेका छन् ‘चुनावताका हामी विभाजित भयौं होला, अब हामी समृद्ध जिम्बाबे बनाउने सपना पूरा गर्न एक भएका छौं । यो नयाँ सुरुआत हो । हामी हात मिलाऔं, नयाँ जिम्बाबे निर्माण गर्न शान्ति, एकता, प्रेम र भातृत्व कायम गरौं ।’एजेन्सी

२०७५ साउन १८ गते ३:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर