बिहान बिउँझिनासाथ जुरुक्क उठ्ने बानी छ ? सावधान !

आजको खबर   |    प्रकाशित : २०७५ साउन २१ गते १२:१६

एजेन्सी। कैयौ व्यक्तिहरु बिहान बिउँझिनासाथ एकैपटक विस्तराबाट जुरुक्क उठ्ने बानी हुन्छ । यसले मुटुमा नराम्रो प्रभाव पार्न सक्छ। आयुर्वेदमा बिहान उठ्ने सही तरिका बताइएको छ । यसलाई उपयोग गरेर शरीरलाई स्वस्थ राख्न सकिन्छ।

बिहान निद्रा खुलेपछि दाहिनेपट्टि फर्किनुहोस् । अनि उठेर बस्नुहोस् । यसले मुटुमा अनावश्यक दबाब पर्न पाउँदैन किनकि मुटु हाम्रो शरीरको बायाँतर्फ हुन्छ । अब दुवै हात माथि उठाएर तन्काउनुस् ।

यसले रातमा कम भएको रक्तसंचारको गति सामान्य हुन्छ । अब आफ्ना दुवै हत्केलालाई आपसमा रगड्नुहोस् र आँखामाथि राख्नुहोस् । यसले शरीरको सतर्कता बढाउँछ । त्यसपछि दुवै हातलाई चुम्नुहोस् र विस्तारै छोड्नुहोस् । यसले शरीरको इनर्जी लेभल बढाउँछ ।

२०७५ साउन २१ गते १२:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर