त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरी सुन तस्करी, आधा किलो सुनसहित पक्राउ परे आलम

आजको खबर   |    प्रकाशित : २०७५ साउन २२ गते ६:५४

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तस्करी भएर आएको करिब आधा किलो सुनसहित एक युवक पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका लागि विदेश गएका कामदारले ल्याएको सुनसहित सुनसरी घर भएका फैयाज आलमलाई महानगरीय प्रहरी वृत्त गौशालाले पक्राउ गरेको हो । उनीबाट सुनका ७ वटा चुरा र ५ वटा बेरुवा औंठी बरामद गरेको छ ।

सुनको गहनाको तौल ४५७ ग्राम रहेको छ । बरामद सुनका मूल्य २१ लाख ९४ हजार रुपैयाँ  छ । पक्राउ परेका आलमलाई प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।

विमानस्थलबाट सुन तस्करी भईरहेको गोप्य सूचनाका आधारमा गत शनिबार प्रहरी टोलीले गोल्डेनगेटस्थित सडक खण्डमा शंकास्पद रुपमा हिँडडुल गरिरहेका २८ वर्षीय आलमलाई सुनका गहनासहित नियन्त्रणमा लिएको हो ।

२०७५ साउन २२ गते ६:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर