रहेनन् वरिष्ठ चित्रकार एवं साहित्यकार मिश्र

आजको खबर   |    प्रकाशित : २०७५ साउन २३ गते ४:२८

काठमाडौं । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ ।

आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्कीएका थिएनन् ।

उनको आत्मकथा ‘हर्मिताज ः अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका पिता हुन ।

कान्छो छोरा विदेशबाट आएपछि सम्भवतः बिहीबार मिश्रको अन्त्येष्टि गरिने छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।रासस

२०७५ साउन २३ गते ४:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर