विप्लवको बन्द : काठमाडौंमा यस्तो छ प्रभाव (३ तस्वीर)
आजको खबर | प्रकाशित : २०७५ साउन २९ गते ५:४८

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको राजधानीमा समान्य प्रभाव परेको छ ।
काठमाडौंमा बिहानमा अरु दिनको तुलनामा आंशिक रुपमा कम गाडी चलेका छन् ।आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो । तर, देशका अन्य भागमा भने बन्दको प्रभाव परेको छ ।
बन्दको प्रभाव कम भएपनि बिहानैदेखी बमको आतंक फैलिएको थियो ।
काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा राखिएका प्रेसर कुकर बम र शंकास्पद बस्तु नेपाली सेना तथा प्रहरीको प्राविधिक टोलीले निष्क्रिय पारेको छ ।
बम तथा शंकास्पद बस्तु फेला परेपछि अहिले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठाउँठाउँमा सवारी चेकजाँच पनि गरिएको छ ।
२०७५ साउन २९ गते ५:४८ मा प्रकाशित