नयाँ कानुनको पहिलो ‘शिकार’, सिंहदरबार अगाडि युवककाे नग्न प्रदर्शन

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १ गते १०:२६

काठमाडौं । एक युवक सिंहदरबार अगाडि नेपाल सरकारको विरोधमा नग्न प्रदर्शन गरेका छन् । गाई, गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको बिरोधमा शुक्रबार दिउँसो सिंहदरबारको दक्षिणी गेटअगाडि एक युवकले नग्न विरोध प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन् । उनले गाईलाई राष्ट्रिय जनावरबाट बदर गर्न र सबैलाई लागू हुने गरी नयाँ मुलुकी ऐन संशोधन गर्न माग गरिएको प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।

उनको छाती ‘नेपाल सरकार मुर्दावाद’ लेखिएको र यौनांग ‘जनावर सबै एक हुन, कानुन सबलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधर गर, गाईलाई राष्ट्रिय जनावरबाट बदली गर’ लेखिएको प्लेकार्डले छोपिएको थियो । सडकमा नग्न प्रर्दशनमा उत्रिएका उनलाई केहीबेरमै प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ती युवा जितिन लिम्बु हुन् ।

सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । नग्न प्रर्दशन गरेका लिम्बुलाई महानगरीय वृत्त सिंहदरबारको हिरासतमा राखिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

२०७५ भदौ १ गते १०:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर