मुलुकी ऐनमा कसैको अधिकार खोसिएको पाईए तत्काल सच्याउछौंः प्रधानमन्त्री ओली

आजको खबर   |    प्रकाशित : २०७५ भदौ २ गते १:३३

काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले नयाँ मुलुकी ऐनमा कसैको अधिकार खोसिएको पाईए तत्काल सच्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबारबाट लागू गरिएको नयाँ मुलुकी ऐन व्यवहारका क्रममा अपूर्णदेखिए वा अनपयुक्त लागे सच्याउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

शुक्रबार नयाँ मुलुकी ऐन लागू गरेको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नयाँ मुलुकी ऐनको कार्यान्वयन सहज ढंगले अघि बढने र त्यसमा व्यवहारको क्रममा कमीकमजोरी भेटिए परिमार्जन गर्दै लगिने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले नेपाललाई अझै व्यवस्थित, अनुशासित, सुसंगत र सुसम्बन्धका साथ अघि बढाउन नयाँ मुलुकी ऐन लागू गरिएको पनि स्मरण गराए। परिवर्तित सन्दर्भ र सोही परिवेश अनुसार नयाँ मुलुकी ऐन व्यापक छलफलका लागि लागू गरिएको प्रधानमन्त्री ओलीको भनाई छ।

कार्यक्रममा बोल्दै काययमुकायम प्रधानन्यायाधिश ओमप्रकाश मिश्रले इमान्दारितका साथ नयाँ मुलुकी ऐन कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए। उनले मुलुकी ऐनलाई समय सापेक्ष सुधार गरेर नयाँ मुलुकी ऐन लागू गरिएको पनि स्मरण गराए। कायममुकायम प्रधानन्यायाधिश मिश्रले नयाँ मुलुकी ऐनले मुलुकलाई विधिको बाटोमा अघि बढाउने विश्वास पनि व्यक्त गरे।

२०७५ भदौ २ गते १:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर