अमेरिकाको भर्जिनियामा गोली हानी मारिएका रेशम बजगाईको परिवारलाई आर्थिक सहयोग

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ४ गते ४:४०

भर्जिनिया, अमेरिका। अमेरिकाको भर्जिनियामा गोली हानी निर्मम हत्या गरिएका रेशम बजगाईको परिवारलाई आर्थिक सहयोग गरिएको छ।

एनआरएन भर्जिनिया च्याप्टरको आयोजनामा गरिएको एक कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की र एनआरएन एनसीसी अफ यूएसएका कोषाध्यक्ष प्रकाश अर्यालले संयुक्त रुपमा ८१, २५६ डलरको चेक मृतक रेशम बजगाईका आफन्त ठाकुर ढकाललाई हस्तान्तरण गरेका थिए।

उक्त रकम मृत्तक रेशम बजगाईकी श्रीमती दिपा बजागाईलाई हस्तान्तरण गर्ने भनिएपनि उनी कार्यक्रममा आउन नसकेको कारण आफन्त ठाकुर ढकाललाई हस्तान्तरण गरिएको एनआरएन भर्जिनिया च्याप्टरका अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए।

उनले जानकारी दिएअनुसार एनआरएन भर्जिनिया च्याप्टरको संयोजनामा गो फण्ड मार्फत जम्मा ८४,६०० डलर उठेको थियो। उठेको रकमबाट ८१, २५६ डलर मृतकका परिवारलाई हस्तान्तरण गरिएको र बाँकी रकम केकेमा खर्च भयो भनी गो फण्डले जानकारी दिने अध्यक्ष सुवेदीले बताएका छन्।

गो फण्ड मार्फत सहयोग जुटाउने क्रममा संसार भर छरिएर रहेका नेपाली लगायत विदेशीहरुबाट पनि साथ सहयोग मिलेको उनले बताए। रकम हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता महावीर पुन लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

गत जुलाई ४ तारिखमा काम गरेकै स्थानमा विहान करिब १ बजेतिर लुट्न आएका १९ वर्षीय महम्मद अब्दुल्ला नाम गरेका बन्धुकधारीको गोली प्रहारबाट उनको हत्या भएको थियो। ४० वर्षीय बजगाई भर्जिनियाको हर्नडन सिटीमा रहेको सुनोको ग्यास स्टेशनमा कार्यरत थिए।

२०७५ भदौ ४ गते ४:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर