निर्मला हत्या प्रकरण : फेरि गोली चल्यो, १ बालकको मृत्यु , २ गम्भीर घाइते

आजको खबर   |    प्रकाशित : २०७५ भदौ ८ गते १३:०२

काठमाडौं । १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको विरोधमा सुरु भएको आन्दोलन हिंसात्मक बनेको छ । बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा प्रहरीले शुक्रवार फेरि गोली चलाएको छ ।

प्रहरीको गोली प्रहारबाट २ जना गम्भीर घाइते भएका जनाइएको छ । आन्दोलन शुक्रवार साँझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको छ । प्रदर्शनकारी आक्रोशित भएका छन् ।

सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा फेरि झडप शुरू भएको छ ।

दिउँसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन शुरू गरेका र अहिले भीड बढ्दै गइरहेको छ । शुक्रवार बिहान वर्षा भएका कारण पनि आन्दोलन हुन सकेको थिएन । वर्षा रोकिएपछि सर्वसाधारण सदरमुकाम केन्द्रीत भएका छन् ।

कञ्चनपुरका बेलौरी, बेल्डाडी र पुनर्वास क्षेत्रमा भने शुक्रवार बिहान प्रदर्शन भएको थियो । प्रहरीले मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई अभियुक्त देखाउँदै सार्वजनिक गरेपछि सर्वसाधारण आक्रोशित बनेका थिए ।

२०७५ भदौ ८ गते १३:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर