वैदेशिक रोजगार विभागको सेवा अब अनलाईन मार्फत

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १६ गते १३:१८

काठमाडौं । वैदेशिक रोजगार विभागले आइतबार अनलाईन सिस्टमबाट सेवा दिन शुरु गरेको छ । विभागले एकीकृत वैदेशिक रोजगार अनलाइन सेवा प्रणाली (एमईआईएमएस) बाट सेवा शुरु गरेको हो ।

यस प्रणालीअनुसार सेवाग्राहीले तोकिएको मितिमा मात्र सेवा पाउने विभागले जनाएको छ । सेवाका लागि अनलाइन निवेदन दिँदा नै समय तोकिने भएकाले अब लाइनमा बस्नु नपर्ने विभागका महानिर्देशक यूवराज खतिवडाले जानकारी दिए ।

यसअघि मेनुअल टोकन सिस्टमबाट नयाँ श्रम स्वीकृति, पुनः श्रमस्वीकृति (रिइन्ट्री), लिगलाइजेशन लगाएतका सेवा दिँदै आएकोमा उक्त सेवा प्रभावकारी नभएकोले अनलाइन सेवा शुरु गरिएको विभागले जनाएको छ ।

अनलाइनमा निवेदन दिँदा तोकिएको समयभन्दा पहिला नै सेवाग्राहीको  फ्लाइट भएको विशेष परिस्थितिमा भने फास्ट ट्र्याकमा सेवा दिइनेसमेत विभागले जनाएको छ ।

आइतबार वैदेशिक विभागमा लाइन लागेका सेवाग्राही । तस्वीर : निर्मला

विभागले शुरु गरेको अनलाइन प्रणाली (एमईआईएमएस) बारे सेवाग्राहीहरुलाई जानकारी  पहिलाकै जसरी सेवाग्राही आइरहेकाले कुरा बुझाउन नै हम्मे हम्मे परेको सेवाग्राहीको लाइन व्यवस्थापनमा खटिएका प्रहरीहरुले बताएका छन् ।

एकिकृत वैदेशिक रोजगार प्रणाली अन्तर्गत राहदानी विभाग, वैदेशिक रोजगार कार्यलय, वैदेशिक रोजगार विभाग, अध्यागमन सेवा विभाग लगाएतका सेवा अब अनलाईन प्रणालीमार्फत नै पाउने हुँदा सेवाग्राहीलाई सहज हुने विभाग प्रमुख  खतिवडाले विश्वास व्यक्त गरे ।

प्रमुख खतिवडाले भने, ‘विभागमा अब विभागले तोकेको मिति र समयमा सेवाग्राहीको उपस्थिति रह्यो भने घटौं लाइन बस्नुपर्ने समस्या हुँदैन । ’
सबै सेवाग्राहीलाई विभागको नयाँ प्रणाली बारे जानकारी भइसकेपछि विभागमा अनावश्यक भीड कम हुने र बिचौलियाहरुको बिगबिगि समेत हट्ने विभागले विश्वास व्यक्त गरेको छ ।

सरकारले गत असोज २५ गतेदेखि एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली मार्फत सेवा दिने तयारी गरे पनि वैदेशिक रोजगार विभाग ताहाचलमा भने आइतबार सेवा सुचारु भएको छ । वैदेशिक रोजगार विभागले एक दिनमा मिति तोकेर ९ सय देखि ९ सय पचास सम्म सेवाग्राहीलाई सेवा दिन सक्ने जनाएको छ ।

२०७५ मंसिर १६ गते १३:१८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर