बजारमा पेट्रोल अभाव

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १३ गते १३:००

रामेछाप । मन्थली बजारमा पेट्रोलको अभाब भएको छ। बजारमा रहेको एक मात्र निलकठेश्वरआयल स्र्टोसले नियमित रुपमा पेट्रोलको व्यवस्था गर्न नसकेका कारण बजारमा पेट्रोलको हाहाकार भएको हो।

पेट्रोलपम्पले पटक पटक पेट्रोल ल्याउँदा बिच बाटोमै बिक्री गर्ने गरेको कारण जिल्लामा पेट्रोलको अभाव हुने गरेको गुनासो यसअघि पनि हुँदै आएको थियो । बजारमा पेट्रोलको हाहाकारलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनले समेत कुनै चासो देखाएको छैन् । जसका कारण बजारका अधिकासं पसलहरुमा मीनरल वाटरको बोतलमा राखेर अबैद्य रुपमा पेट्रोल बेच्नेहरुको संख्या बढेको छ।

यसरी अबैद्य रुपमा पेट्रोल बिक्री गर्नेहरुमा किनारा पसल, कपडा पसल, कस्मेटीक पसल, मासु पसल, खाद्यान्न पसल र दाना पसल समेत पेट्रोल बिक्री वितरण हुँदै आएको छ । बजारमा पेट्रोलको अभाव भएपछि त्यसको पुर्र्तीको लागि व्यापारीहरुले ड्रममा पेट्रोल ल्याएर मीनरल वाटरको बोतलमा राखेर बिक्री गर्दा सर्वसाधारणले अत्यन्त महङ्गो मूल्यमा पेट्रोल खरिद गर्न बाध्य भएका छन्।

२०७५ भदौ १३ गते १३:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर