एशिया कप छनोटः सिंगापुरमाथि नेपालको जित

आजको खबर   |    प्रकाशित : २०७५ भदौ १७ गते ७:२२

काठमाडौं। एशियाकप छनोटअन्तर्गतको आफ्नो चौथो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८ ओभर १ बलमा ६ विकेटको क्षतिमा भेट्टायो । यसअघि सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो ।

सिंगापुरका लागि चेतन सूर्यवंशीले ६०, अनिश परामले ३१ र कार्तिकेयन सुब्रमन्यनले २० रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकामा पनि रन बनाउन सकेनन् । नेपालको लागि सन्दिप लामिछाने र ललित नारायण राजवंशीले समान ३ विकेट लिए । सोमपाल कामीले २ र बसन्त रेग्मीले १ विकेट लिए ।

लक्ष्य पच्छ्याने क्रममा नेपालका लागि अनिल शाहले सर्वाधिक ४३ रन बनाए । दिपेन्द्र सिंह ऐरीले २२, ज्ञानेन्द्र मल्लले २९ सागर पुन र सुवास खकुरेलले समान १४ तथा कप्तान पारस खड्काले ११ रन बनाए । नेपालको लागि अन्तिम विजयी चौका भने आरिफ शेखले हानेका थिए । आरिफले त्यही अन्तिम बलमात्र खेलेका थिए ।

२०७५ भदौ १७ गते ७:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर