शीर्ष नेताहरूकै ९ टोली विदेशमा, ३ टोली जाने तयारीमा

आजको खबर   |    प्रकाशित : २०७५ असोज ४ गते २:२५

काठमाडौं। तत्काल सत्तारुढ र प्रतिपक्षी दुवै दलका गरी ९ वटा राजनीतिक टोली विदेश भ्रमणमा छन्। त्यस्ता ३ वटा टोली जाने तयारीमा छन्। २ वटा टोली स्वेदश फर्किएका छन्।

संविधान दिवसका दिन बुधबार उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वप्रधानमन्त्री माधव नेपाल विदेश सयरमा हिँडे। उपराष्ट्रपति पुन चीन र पूर्वप्रधानमन्त्री नेपाल घाना भ्रमणमा गएका हुन्। पुन र नेपाल मात्र होइन विभिन्न राजनीतिक दलका नेताहरूको विदेश भ्रमण बाक्लिएको छ। देशको राजनीतिका प्रभावशाली एउटा नेता स्वदेश फर्किन पाएका हुँदैनन्, अर्को नेता विदेश भ्रमणमा निस्कन थालेका छन्। बुधबार त्यस्तै भयो। उपराष्ट्रपति पुन, पूर्वप्रधानमन्त्री नेपाल, पूर्वमन्त्री तथा नेकपा नेत्री पम्फा भुसाल विदेश प्रस्थान ग¥यो। त्यहीबेला पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किए। उनी चारदिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्केका हुन्।

को कता ?

उपराष्टपति पुन १२ सदस्यीय टोलीसहित १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन बुधबार चीन प्रस्थान गरेका हुन्। बेल्ट एन्ड रोडसम्बन्धी कार्यक्रममा समेत सहभागी हुने र सम्बोधन गर्न चीन प्रस्थान गरेका उपराष्ट्रपति पुन ८ असोजमा स्वदेश फर्किनेछन्। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता नेपाल सोसलिस्ट पार्टी अफ घानाले आयोजना गरेको साम्राज्यवादरपुँजीवादविरोधी सम्मेलनमा सहभागी हुन नेकपाकै स्थायी समिति सदस्य तथा पूर्वमन्त्री पम्फा भुसाल, केन्द्रीय सदस्य बलराम बास्कोटालगायत नेतासहित घाना प्रस्थान गरेका छन्।

नेपाल नेतृत्वको टोली ९ असोजमा मात्र स्वदेश फर्किने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले वताए। पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा।बाबुराम भट्टराई अमेरिका भ्रमणमा छन्। २६ भदौमा अध्ययन भ्रमणमा गएका उनीसँग पत्नी हिशिला यमी पनि छन्। गैरआवासीय नेपाली संघले व्यवस्थापन गरेको भट्टराई दम्पतीको भ्रमण विकास र समृद्धिका अन्तर्राष्ट्रिय अनुभव लिएर २२ असोजमा स्वदेश फर्किनेछ।

पूर्वसभामुख तथा नेकपा केन्द्रीय सदस्य ओनसरी घर्तीमगर रसिया भ्रमणमा छिन्। युरेसिया महिला सम्मेलनमा भाग लिन उनी २ असोजमा त्यता गएकी हुन्। ११ असोजमा मात्र उनी स्वदेश फर्किने छिन्। कांग्रेस वरिष्ठ नेता पौडेल युरोप भ्रमणमा पोर्चुगलमा छन्। फ्रान्स र बेल्जियमको भ्रमण सकेर उनी त्यहाँ पुगेका हुन्। बेल्जियम, लग्जम्बर्ग, फ्रान्स, पोर्चुगल, स्पेन, स्विट्रल्यान्ड, जर्मनी र नेदरल्यान्ड भ्रमण गरी उनी १० असोजमा फर्किने छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको १५ सदस्यीय टोली पनि अहिले चीन भ्रमणमा छ। २९ भदौमा चीन प्रस्थान गरेको टोली ५ असोजमा फर्किनेछ। श्रेष्ठ नेतृत्वको टोलीमा नेकपाका केन्द्रीय नेताहरू गिरिधारीलाल न्यौपाने, जीवन गौतम, सन्तु दराई, हरिदेव जोशी, बलावती शर्मा, धुव्र श्रेष्ठ, शरदप्रताप सुवेदी, गोविन्दबहादुर नेपाली, सुमित्रा भण्डारीलगायत छन्।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली एकै महिनामा दोस्रोपटक युरोप भ्रमणमा छन्। अस्ट्रियाको भियनामा आयोजित अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको ६२ औं नियमित सभामा भाग लिन उनी त्यहाँ गएका हुन्। ४ असोजमा फर्किने उनी एक दिनपछि नै न्युयोर्क जानेछन्। नेकपा स्थायी समिति सदस्य जनार्दन शर्मा पनि देशबाहिर नै छन्। उनी अस्ट्रेलियामा छन्। भदौ ३० गते त्यता गएका उनी ८र१० दिनपछि मात्र फर्कने पारिवारिक स्रोतले बतायो।

कांग्रेस नेता मीनेन्द्र रिजाल नेतृत्वको १४ सदस्यीय टोली पनि विदेशमै छ। नेता रिजाल नेतृत्वको टोलीमा केन्द्रीय सदस्यहरू सरिता प्रसाई, किशोरसिंह राठौर, लक्ष्मी परियारलगायत नेता सहभागी छन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रिजाल नेतृत्वको टोली २७ भदौमा चीन गएको हो। टोली असोज ४ मा स्वदेश फर्किंदैछ।

यी जाँदैछन्, यी फर्के

प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन ६ असोजमा न्युयोर्क जाँदै छन्। कोस्टारिकाको समेत भ्रमण गर्ने उनी १३ दिन लामो विदेश भ्रमणमा निस्कँदै छन्। प्रधानमन्त्री ओलीले ११ असोजमा राष्ट्र संघको महासभामा सम्बोधन गर्ने छन्। उनी १८ असोजमा मात्र स्वदेश फर्किने छन्।

त्यसैगरी दुई जना मुख्यमन्त्री पनि विदेश जाने तयारीमा छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चीन जान लागेका हुन्। मन्त्रिपरिषद् बैठकले दुवै मुख्यमन्त्रीको भ्रमणलाई स्वीकृत गरिसकेको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल चीनबाट फर्केका छन्। यसअघि उनले दक्षिणी छिमेकी देश भारत भ्रमण गरेका थिए। एक साताअघि सभामुख महरा पनि चीन भ्रमणबाट फर्केका थिए।

पार्टीका काम प्रभावित

पार्टीका शीर्ष र प्रभावशाली नेताहरूले नै विदेश भ्रमणलाई प्राथमिकता दिएपछि पार्टीका आन्तरिक काम प्रभावित हुन थालेको छ। सरकारको नेतृत्व गरिरहेको नेकपाको तल्लो तह तथा जवस मोर्चाको एकता नेताहरूको पटक पटकको विदेश भ्रमणले प्रभावित बनाउँदै आएको छ। अहिले एकताको मापदण्डसहितको प्रस्ताव तयार पार्न सचिवालय बैठकले दुई अध्यक्षलाई जिम्मा दिए पनि एकपछि अर्को अध्यक्षकै विदेश भ्रमण र प्रभावशाली नेताहरू समेत विदेशमै रहँदा आन्तरिक काम ठप्प हुादै गएको छ।

सत्तारुढ दलको मात्र नभएर प्रमुख प्रतिपक्षी दल कांग्रेसको पनि वरिष्ठ नेता पौडेलको विदेश भ्रमणले आन्तरिक काम प्रभावित भएको छ। कार्यसम्पादन, अनुशासन समितिलगायत टुंगो लगाउने तयारीमा रहेको कांग्रेस वरिष्ठ नेता पौडेलको अनुपस्थितिले निर्णयमा पुग्न सकेको छैन। पौडेल पक्षको सहमतिबिना सभापति देउवा निर्णयमा पुग्न नसक्ने भएपछि कांग्रेस केन्द्रीय समिति बैठक बिनासूचना अनिश्चितकालका लागि स्थगित भएको छ। कांग्रेसले २६ गते केन्द्रीय समिति बैठक बोलाएको थियो। तर २७ गते नै पौडेल युरोप भ्रमणमा निस्केपछि कांग्रेसको आन्तरिक काम प्रभावित भएको हो। –अन्नपूर्ण पोष्टबाट साभार

२०७५ असोज ४ गते २:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर