नेपाल र मलेसियाबीचको खेल बराबरीमा

आजको खबर   |    प्रकाशित : २०७५ असोज ७ गते १५:४८

काठमाडौँ । एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्र्तगत छनोट चरणकौ अन्तिम खेलमा नेपालले मलेसियासँग बराबरी खेलको छ।

हल्चोकस्थित एपिएफ क्लबको मैदान आज भएको खेलमा नेपालले मलेसियासँग ४/४ गोलको बराबरी खेल्दै अङ्क बाडेको हो। नेपालका लागि कप्तान प्रिती राई, सुष्मा तामाङ र सबिता रानामगरले एक एक गोल गरिन् ।

त्यस्तै थप एक गोल भने मलेसियाले नेपालको लागि आत्मघाती गोल गरेको थियो।

यता मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गरिन भने विटी तामिङ र नरुल नबिलाले एक गोल थपिन्।

समूह ‘इ’ बाट यसअघि नै बाहिरिसकेका नेपाल र मलेसियाले एक एक अङ्क जोडेर प्रतियोगिता सकाए। अघिल्ला दुई खेलमा दुवै टोलीले पराजय भोगेका थिए। पहिलो खेलमा नेपाल फिलिपिन्ससँग चार शून्य गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा म्यानमारसँग ११ –१ ले पराजित भएको थियो।

यता मलेसिया भने पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा फिलिपिन्ससँग पराजित भएको थियो। आजै भएको समूह चरणको अन्तिम खेलमा म्यानमारले फिलिपिन्सलाई ५–१ गौलअन्तरले पराजित गर्दै समूह इ को उपाधि जितेको थियो।

२०७५ असोज ७ गते १५:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर