साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक
आजको खबर | प्रकाशित : २०७५ असोज ९ गते १५:४३
काठमाडौँ । दक्षिण एशियाली फुटबल महासङ्घको आयोजनामा भूटानमा हुने साफ १८ वर्षमुनि (यू–१८) महिला च्याम्पियनसिपको खेलतालिका आज सार्वजनिक भएको छ।
यही असोज १२ गतेदेखि हुने उक्त च्याम्पियनसिपमा दक्षिण एशियाका विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा श्रीलङ्का भने सहभागी छैन।
नेपाल भने समूह ‘बी’ मा परेको छ। नेपालको समूहमा बङ्गलादेश र पाकिस्तान छन्। त्यस्तै समूह ‘ए’मा आयोजक भूटानसहित, भारत र माल्दिभ्स छन्। नेपालले यही असोज १२ गते बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ।
त्यसैगरी नेपालले आफनो दोस्रो खेल १६ गते पाकिस्तानसँग खेल्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।
२०७५ असोज ९ गते १५:४३ मा प्रकाशित