सरकारलाई काँग्रेसको चेतावनी, ‘बलात्कार, हत्याहिंसा र महङ्गी नियन्त्रण नगरे आन्दोलन गर्छौं’

आजको खबर   |    प्रकाशित : २०७५ असोज १३ गते १६:३९

बुटवल । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनतासँग सरोकार राख्ने विषयमा राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी दिएका छन्।

नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ ले आज भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले भष्ट्राचार, बलात्कार, हत्या, हिंसा तथा महङ्गी बढ्दा सरकार संवेदनशील नदेखिएको आरोप लगाए।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले सरकारले हत्या, हिंसा र बलात्कारका आरोपीलाई कारवाही गर्न नसकेको आरोप लगाए। उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई अहिले कारवाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरे।

२०७५ असोज १३ गते १६:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर