शीर्ष नेताको ब्याटल दोहोरी ‘देश डुब्नै लाग्यो’ (हेर्नुहोस् भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज १४ गते ७:०४

काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई रूखो जवाफ फर्काएका छन्। नेपालले संसद बैठकमा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीको चर्को आलोचना गर्दै देश डुब्न लागेको बताएका थिए।

अमेरिकामा रहेका ओलीले उतैबाट नेपाललाई जवाफ दिए, ‘केही नेताले भनेको सुनियो, लौ न कोही आउ, देश डुब्नै लाग्यो बचाउ भनेको,’ ओलीले थपे ‘म आउँदै छु त, किन आत्तिनु पर्यो ?’

सत्तारूढ दल नेकपाका दुई शीर्ष नेताबीचको यो चर्काचर्की र मनभेदले यतिबेला निकै चर्चा पाएको छ। ‘देश डुब्नै लाग्यो’ शीर्षकमा शीर्ष नेताबीच चलेको आपसी दोहोरीले पार्टी भित्रको वेमेल सतहमा ल्याइदिएको छ।

प्रधानमन्त्री ओलीले अमेरिकास्थिति पत्रकार सूर्य थापासँगको अन्तरवार्तामा माधव नेपालप्रति तीखो जवाफ दिएर मन शान्त पारेका छन्। तर यता नेकपा कार्यकर्ताको मन भने शीर्ष नेताबीचको विवादले पार्टी कमजोर हुने चिन्ताले अशान्त छ।

नेकपा शीर्ष नेताबीचको यो विवाद तलसम्म सल्किदै गएको छ। पार्टी पंक्तिमा कित्ताबन्दी बढ्दो छ। सरकारको बचाउमा ओली कित्ता उभिएको छ भने माधव नेपालले भने झैं सरकारले कुरा ठूला गर्ने काम फिटिक्कै गरेर नदेखाउने शैलीले पार्टीको इमेज बिग्रने तर्क गर्छन्।

अराजकता, भ्रष्टाचार, अपराध र विखण्डनकारीलाई सरकारले बढावा दिने गतिबिधि गरेको माधव नेपाल पक्षको आरोप छ, जुन प्रतिपक्षी नेपाली कांग्रेससँग हुबहु मिल्छ।

संसदबाट माधव नेपालले सुरू गरेको ‘देश डुब्नै लाग्यो….’ गीत यतिबेला ‘ब्याटल दोहोरी’मा परिणत भएको छ। अमेरिकाबाट ओलीले जवाफ फर्काएपछि यो शीर्ष ब्याटल दोहोरी विपक्षीका लागि रमिता बनेको छ भने नेकपा कार्यकर्ताका लागि चिन्ता बनेर मडारिएको छ।

हेर्नुस् दुई शीर्ष नेताबीचको दोहरी भिडियोमा

२०७५ असोज १४ गते ७:०४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर