सत्तारुढ नेकपा भित्र ठूलो हलचल, आउँन सक्छ पहिरो !

आजको खबर   |    प्रकाशित : २०७५ असोज १४ गते १२:३५

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र पछिल्लो समय किचलो बढ्दो छ । देशका विकराल विद्यमान समस्या समाधान तर्फ लाग्नुपर्नेमा प्रधानमन्त्री ओली विदेश भ्रमणमा छन् ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष समेत रहेका ओली विदेश भ्रमणमै रहेका बेला बरिस्ट नेता माधव कुमार नेपालले दिएको अभिव्यक्तिले अहिले किचलो बढ्दै गएको संकेत देखा परेको हो ।

टिप्पणीकारहरुका अनुसार अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व एमालेकै नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमले घेराबन्दी हालेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड मुलुकबाहिर रहेको मौका छोपी बरिष्ठ नेता नेपालले शुक्रबार असन्तुष्ट पक्षको भेला समेत बोलाएका थिए ।

उक्त भेलाले नेकपाभित्र ठूलो हलचल पैदा गरेको छ । अमेरिकामै रहेका अध्यक्ष ओलीले आफू दुई चार दिन देश बाहिर रहँदा मुलुक र पार्टी नै डुब्छ भनेर कसैले नठाने हुन्छ भन्दै माधव नेपालविरुद्ध कडा आक्रोश उत्तैबाट फर्काए । यसले प्रस्ट संकेत गरेको छ कि आागामि दिनमा विवाद र दुरी झन् बढ्न सक्नेछ ।

२०७५ असोज १४ गते १२:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर