‘आफ्नो गुट, भ्रष्टाचारीलाई छुट ?’ नेकपाका शीर्ष नेता श्रेष्ठको आक्रोश (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज १६ गते ५:११

काठमाडौँ । सत्तारूढ दल नेकपाका शीर्ष नेता नारायणकाजी श्रेष्ठले पार्टी भित्रको गुटगत प्रवृत्ति र गुटमा आवद्ध भ्रष्टाचारीलाई संरक्षण गर्ने परम्पराको खुलेर असन्तोष व्यक्त गरेका छन्।

पार्टीमा आफ्नो गुटका भ्रष्टाचारी बचाउने र अरूलाई कारवाहीको नाटक गर्ने प्रवृत्ति मौलाएको उनको तीखो टिप्पणी छ। श्रेष्ठको आक्रोश र गुनासो पार्टी नेतृत्वप्रति छ। अर्थात् पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई उनले गुटगत प्रवृत्ति र आफू निकटका भ्रष्टहरूलाई प्रस्रय दिएको आरोप लगाएका छन्।

नेपालमा कम्युनिष्ट आन्दोलन सफल हुँदै गएको तर कम्युनिष्ट पार्टी र यसको नेतृत्व भ्रष्टिकरणमा लागेको भन्दै उनले यही स्थिति रहिरहे कम्युनिष्ट ध्वस्त हुने चेतावनी सुनाए।

संसदमा माधव नेपालले सरकार, प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेजस्तै श्रेष्ठले पनि पार्टी नेतृत्वको खुलेर आलोचना गरेका छन्।

सत्तारूढ दलका शीर्ष नेताबाटै पार्टी नेतृत्वप्रति एकपछि अर्को असन्तोष व्यक्त हुनुले नेतृत्वलाई अलोकप्रिय बनाउँदै लैजाने त छँदैछ, अर्कोतर्फ भर्खर एकीकृत भएको पार्टीको जग खल्बलिएको यथार्थलाई पनि उदाङ्ग पारेको छ।

(सुन्नुस् नारायणकाजी श्रेष्ठको यो असन्तोष)

२०७५ असोज १६ गते ५:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर