सरकारसँग ४० करोड कलिङ भिसाको रकम बेहोर्न माग गर्दै वैदेशिक रोजगार व्यवसायी

आजको खबर   |    प्रकाशित : २०७५ असोज १६ गते ५:२८

निर्मला घिमिरे

काठमाडौं। नेपाल र मलेशियाबीच गत जेठ २ देखि कामदार पठाउने प्रकृया बन्द भएसँगै भिसाको सवै प्रकृया पूरा गरेका तर मलेसिया जान नपाएका नेपाली कामदारको भिसाको अबधि भर्खरै सकिएको छ।

सरकारले नेपाली कामदार मलेसिया पठाउने नयाँ प्रकृयाको तयारीसँगै भिसाको सबै प्रकृया पूरा गरिसकेका तर मलेसिया जान नपाउने सबै नेपाली कामदारले पुनः नयाँ प्रकृया अनुसार मात्र मलेसिया जान पाउने बारे छलफल गरिहरेको छ।

सरकारको यस्तो नयाँ सम्झौता हुने भएपछि बैदेशिक रोजगार व्यबसायीले भने आपत्ति जनाएका छन्। व्यवसायीले कलिङ भिसामा रहेका करिब १७ हजार नेपाली कामदारको ४० करोड बराबरको रकम सरकारले नै बेहोर्नु पर्ने माग राखेका हुन्।

वैदेशिक रोजगार व्यबसायी संघका अध्यक्ष रोहण गुरुङले सरकारले मलेसिया रोजगारमा जाने कामदारलाई कुटनैतिक पहलबिना नै बन्द गरेका कारण नेपाली कामदारले ठूलो आर्थिक क्षति बेहोर्नु परेको बताएका छन्।

उनले कलिङ भिसा प्राप्त कामदारलाई तत्काल मलेसिया रोजगारीमा जाने व्यबस्था गर्न आग्रह गरेको समेत जानकारी दिए। त्यसो सबै आर्थिक क्षति अब सरकारले नै बेहोर्नु पर्ने उनको अडान छ।

मलेसिया जाने प्रकृयाका लागि प्रतिव्यक्ति कम्तीमा पनि १३ हजार रुपैयाँ बराबरको रकम खर्च भएको व्यबसायीको भनाइ छ। मलेसियाका लागि भिसा प्रोसेसिङको अन्तिम तयारी गरेर पनि मलेसिया जान नपाएका कामदार भने आफूहरुले मलेसियाका लागि १ लाख भन्दाबढी खर्च गरिसकेको तर व्यवसायीहरुले नगदी रसिद मात्र सानो रकमको बनाइ दिएको बताउँछन्।

यसबाट मलेसियाका लागि १७ हजार नेपाली कामदारको निकै ठूलो रकम नै गुम्ने अवस्थामा छ। संघले सरकारसँग नयाँ पूर्वस्वीकृति समेत लागू गर्नुपर्ने माग राखेको छ।

सरकारले भने मलेसिया जाने कामदारमाथि विभिन्न शीर्षकमा आर्थिक शोषण गर्दै आएका संस्था बन्द गरी मलेसिया जाने प्रक्रिया समेत पूर्ण रुपमा बन्द गरेको थियो। हाल नेपाली टोली मलेसिया र नेपालबीच श्रम सम्झौताका बुदाँमा छलफलका क्रममा नै छ।

२०७५ असोज १६ गते ५:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर