‘देश समृद्धका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक छ’ : मुख्यमन्त्री राउत

आजको खबर   |    प्रकाशित : २०७५ असोज १८ गते ६:३१

सर्लाही । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएन भने मुलुक समृद्ध नहुने बताएका छन्।

सर्लाही हरिवन नगरपालिकाले आज उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले भने, “मुलुकको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरुरी छ ।”

मुख्यमन्त्री राउतले मुलुकको विकास र समृद्धिका लागि पार्टीगत स्वार्थभन्दा माथि उठेर कार्य गर्नुपर्नेमा जोड दिदैं “संविधानअनुसार तीनै तहका सरकारबीच कसरी समन्वय र सहकार्य गरेर अगाडि बढ्न सकिन्छ, त्यो नीति तीनै तहले लिनुपर्छ”, भने।

एकले अर्कालाई गाली गरेर देशको उभो लाग्दैन र यो कार्य गर्नु पनि हुँदैन, उनले भने, “विगतका तीता मीठालाई कुरालाई विर्सेर समृद्ध मुलुकको निर्माणका लागि सबैले एकतावद्ध भएर कार्य गर्नुपर्दछ।”

मुख्यमन्त्री राउतले प्रदेश २ अहिलेसम्म जेजति कारणले पछि परे पनि, यस प्रदेशमा विकासका सबै सूचक प्राप्त गर्नसक्ने आधार रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र कृषि उत्पादकत्वमा पछि पर्ने तथा धेरै युवालाई खाडी मुलुकमा पठाउने प्रदेशका रुपमा मात्रै होइन, उद्योग, पर्यटकीयस्थल, कृषि उत्पादकत्वलाई वृद्धि गरेर खाद्यान्नमा मुलुकुलाई धान्नसक्ने आधार यो प्रदेशमा धेरै नै रहेको बताए।

२०७५ असोज १८ गते ६:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर