बंगबन्धु गोल्डकप : प्यालेस्टाइनसँग पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरियो

आजको खबर   |    प्रकाशित : २०७५ असोज २० गते १४:५०

काठमाडौं । साबिकको विजेता नेपाल बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणका दुबै खेला पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

शनिबार भएको समूहको दोस्रो खेलमा नेपाल प्यालेस्टाइनसँग ०-१ गोल अन्तरले पराजित भयो । खेलको ७० औं मिनेटमा प्यालेस्टाइका जसी नम्बर १२ का खेलाडीले गरेको गोल नै निणर्यक बन्यो ।

मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसंग २ – ० ले पराजित भएको थियो ।

नेपालले विपक्षीको गोल पोस्टमा आक्रमणसमेत गर्न सकेन भने प्यालेस्टाइनले लगातार आक्रमण गरेको थियो । नेपालका किपरले भने खेलमा धेरै उत्कृष्ट बचाउ गरे । उनले बचाउ गर्न नसकेको भए नेपालले अँझ थप गोल खान सक्थ्यो । प्यालेस्टाइनसँगको खेला नेपालका खेलाडीले फिनिसंग नै गर्न सकेनन् । शनिबारको खेलमा नेपालको रक्षापंक्ति र फरवार्डमा निकै समस्या देखियो ।

प्यालेस्टाइनका खेलाडीको हाइट नेपालीभन्दा बढि भएकाले उनीहरुलाई त्यसको एडभान्टेज देखिएको छ । लामो पासमा नेपाललाई समस्या भइरहेको छ । यस्तै प्यालेस्टाइनको रक्षा पंक्ति निकै बलियो देखिएको छ । नेपाली खेलाडीले गोलको मौकासमेत बनाउन सकेका छैननन् ।

शनिबारको खेल वगलादेशको सिल्हेटस्थित जिल्ला स्टेडियममा भएको थियो ।

समूह एबाट प्यालेस्टाइन विजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ भने ताजकिस्तान उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ।

२०७५ असोज २० गते १४:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर