दशैँसँगै बढ्यो सवारी दुर्घटना, ५ दिनमा ३४ जनाको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ असोज २९ गते १४:१२

काठमाडौँ । नेपाली हरुको महान पर्व दशैँ लागेसँगै काठमाडौँबाट बाहिरिनेको सँख्या पनि ह्वात्तै बढेको छ। दैनिक रुपमा लाखौँको संख्यामा यात्रुले राजधानी छोडिरहेका बेला सवारी दुर्घटना पनि उत्तिकै छ। हालसम्म १३ लाखभन्दा बढिले राजधानी छोडिसकेका छन्।

प्रहरीको तथ्याङक अनुसार पछिल्लो समय घटस्थापनाका दिनदेखि ५ दिनको समयमा २१३ वटा सवारी दुर्घटना भएका छन् भने त्यसबाट ज्यान गुमाउनेको सँख्या ३४ पुगेको छ। त्यस्तै दुर्घटनामा परी १४५ जना घाइते भएका छन्। जसमध्य ५५ जना गम्भीर घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दशैँ सुरु भएपछि मात्रै काठमाडौं उपत्यकामा १५१ वटा दुर्घटना भएका छन्। जसमा ७ जनाको ज्यान गएको छ। यस्तैगरी धादिङ, इटहरी, कोहलपुर, अत्तरिया, बुटवल, गुल्मी लगायत ठाउँमा भएका दुर्घटनामा २७ जनाले ज्यान गुमाएको प्रहरीको अध्ययनले देखाएको छ।

हाज बिहानमात्रै गुल्मीमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ। यो तथ्याङकले दसैँ लागेसँगै दुर्घटनाको जोखिम पनि बढेको देखाएको छ। गएको वर्षको दसैँमा घटस्थापनादेखि पूर्णिमासम्म ३८० वटा दुर्घटना भएको थियो । त्यसमा १०४ जनाले ज्यान गुमाएका थिए।

२०७५ असोज २९ गते १४:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर