नवरात्रीको सातौं दिन : आज घरघरमा फूलपाती भित्र्याइँदै

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३० गते ५:००

काठमाडौँ । नवरात्रिको सातौं दिन आज (मंगलबार) देशभर घरघरमा फूलपाती भित्र्याइँदै छ।

घटस्थापनादेखि नै नवरात्रि सुरु भए पनि फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा पूजाआजा गरी मनाउने गरिन्छ। देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ।

यसै दिन नवदूर्गा पूजास्थलमा फूलपाती भित्र्याइने भएकाले महासप्तमीलाई फूलपातीका नामले बुझ्ने गरिन्छ। सप्तमीको यो विशेष दिनलार्इ फूलपाती भनिन्छ।

यसदिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजाअर्चना गर्ने गरिन्छ। कृष्णवर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चारहात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोरमुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वाँस फेर्दा आगो ओकल्ने यीनै देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी हुन्।

आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुँलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित ‘फूलपाती’ भित्राइन्छ। यसदिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ।

आजको यस विशेष सातौं दिन दुर्गाको सातौं स्वरुप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स९साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेध, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ।

२०७५ असोज ३० गते ५:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर