माइक्रोसफ्टका सहसंस्थापक पावल एलनको निधन

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३० गते १६:३१

काठमाण्डौ । माइक्रोसफ्टका सहसंस्थापक पावल एलनको निधन भएको छ । ब्लड क्यान्सरबाट पीडित ६५ वर्षीय एलनको सोमबार मृत्यु भएको हो । उनकी बहिनी जोडीले एलनको मृत्युको खबर पुष्टि गर्दै असाधारण व्यक्ति भएको बताएकी छन् ।

एलनको मृत्युमा माइक्रोसफ्टका संस्थापक बिल गेट्सले उनी आफ्नो सबभन्दा प्रिय र पुरानो साथी भएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् ।

यसअघि ब्लड क्यान्सरकै कारण सन् १९८३ मा माइक्रोसफ्ट छाडेका एलन उपचारपछि पुनः प्रविधि दुनियाँमा आएका थिए । तर दोस्रोपटक होज्किन्स लिम्फोमा नामक ब्लड क्यान्सरले उनको ज्यान लिएको हो । ( बिबिसी)

२०७५ असोज ३० गते १६:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर