अफगानिस्तान प्रिमियर लिगमा सन्दीप लामिछानेको टिमले जित्यो, बल्ख लिजेण्ड्सलाई

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १ गते २:५६

काठमाडौं । युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटमा सन्दीप लामिछाने रहेको टिम नगरहर लिओपार्डसले जित निकालेको छ। बुधबार बेलुका भएको खेलमा लिओपार्डसले शीर्ष स्थानको बल्ख लिजेन्ड्सलाई ६ विकेटले हराएको हो।

युएईको शारजाहमा लिजेन्ड्सले दिएको १३४ रनको लक्ष्य

लिओपार्डसले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो। लिओपार्डसका लागि आन्द्रे फ्लेचरले ४८ रन जोडे। यस्तै साहिदीले अविजित ३१ रन जोडे। लिजेन्ड्सका अहमेद कमवलले ३ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लिजेन्ड्सले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३३ रन जोडेको थियो। लिजेन्ड्सका लागि रबी भोपराले ३५ रन जोड्दा डर्विश रासोलीले २७ रन जोडे।

तर, लिओपार्डसले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपलाई लिजेन्ड्सविरुद्ध खेलाएको थिएन। पक्टिया प्यान्थर्सविरुद्ध डेब्यु खेलमा उच्च प्रदर्शन गरेपनि सन्दीपलाई लिओपार्डसले टिममा नराखेको हो। उनले डेब्यु खेलमा दुई विकेट लिएका थिए।

जितसंगै चौथो स्थानको लिओपार्डसले ८ खेलबाट ६ अंक जोडेको छ। र, लिओपार्डसले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। यता, लिजेन्ड्स ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा यथावत छ। लिगको पहिलो भेटमा लिजेन्ड्सले लिओपार्डसलाई २५ रनले हराएको थियो। लिओपार्डसले पहिलो खेलको हारको बदला समेत लिएको छ।

२०७५ कार्तिक १ गते २:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर