चीनले बनाएको विश्वको सबैभन्दा लामो पुल भोलिदेखि खुला !

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ६ गते १४:१९

बेइजिङ। चीन र हङ्गकङको बीचमा बनेको विश्वको सबैभन्दा लामो समुद्री पुल भोलि देखि सञ्चालनमा आउँने भएको छ । सर्वसाधारण जनताका लागि भोलि अथवा अक्टोबर २४ देखि सञ्चालनमा ल्याउन लागिएको हो । रिपोर्टहरूका अनुसार चीनका राष्ट्रपति सी जिनपिङ ने मङ्गलवार पुलको उद्‌घाटन गरेका छन् ।

एक विशेष कार्यक्रमका बीच सिले पुलको उद्‌घाटन गरेका हुन् । झुहाई को दक्षिणी शहर न्यू पोर्ट टर्मिनल मा आयोजित कार्यक्रममा हङ्कङको मकाउ शहर का नेता पनि सहभागि थिए ।

उक्त पुल ५५ किलोमिटर लामो रहेको बताइएको छ । हंगकंग झुहाई एण्ड मकाउ ब्रिज बुधबारदेखि आम जनताका लागि खुला गरिँन लागिएको हो । यो नदी वा समुन्द्र कुनै पनि स्थानमा बनेको छैटो लामो पुल हो। यो नयाँ सी ब्रिज साउथ चाइना सीमा पर्ल रिभर डेल्टालाई पूर्वी र पश्चिमी किनारालाई जोड्ने छ । झुहाई चनीको म्यानल्याण्डमा बसेको सहर हो जुन अब हंगकंग र मकाउ दुबै स्पेशल एडमिनिस्ट्रेटिभ रीजनसँग जोडिने छ।

यो पुल डुअल थ्री लेनको छ । यो समुन्द्रमाथि २२ दशमलव ९ किलोमिटर र ६ दशमलव ७ किलोमिटर समुन्द्र भीत्र सुरुंगको स्वरुपमा छ । यो पुलको गहिराई ४४ मीटरसम्म छ। पुलको बाँकी भाग भने जमिनमा बनेको छ । सुरुंगका दुबैतर्फ दुई कृतिम द्वीप बनाइएको छ । यी द्वीप १० लाख वर्ग फिटभन्दा धेरै क्षेत्रफलमा बनेका छन्।

यो पर्ल रीभर एश्चुअरीको क्षेत्रमा बनाइएको छ, किनभने पुल र सुरुंगका क्षेत्रमा ट्रान्जिट मिलोस्। समुन्द्रभीत्र जुन सुरुंग बनेको छ, त्यो ३३ ब्लकबाट तयार भएको हो ।

यी हरेक ब्लक ३८ मिटर चौडा, ११ दशमलव ४ मिटर अग्लो र ८० हजार टन तौल छ। ९ बर्ष लगाएर बनेको पुल यस्तो छ । २० अर्ब डलर परियोजनाको यो पुल ९ बर्षमा निर्माण सम्पन्न भएको हो । पुलबनिसकेपछि अब हङकङ बाट चीन को झुहैइ शहर बीचको दूरी ३ घण्टाबाट घटेर ३० मिनेट हुनेछ ।

२०७५ कार्तिक ६ गते १४:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर