राष्ट्रपतिको अनुपस्थितिमा जिम्मेवारी उपराष्ट्रपतिलाई
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १२ गते ९:२५

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा आज कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको छ ।
नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उनिबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पन्न हुने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
२०७५ कार्तिक १२ गते ९:२५ मा प्रकाशित