आज हावाहुरी र मेघगर्जनसहित वर्षा हुने

आजको खबर   |    प्रकाशित : २०७६ जेठ २९ गते ७:०५

काठमाडौं । आज देशका केही स्थानमा मेघगर्जन र हुरीबतास सहित वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकको पश्चिमी भेगमा दिउँसोदेखि पूर्ण रुपमा बादल लाग्ने जनाएको छ।

आज पूर्वी तथा मध्य भागका केही स्थानमा हावाहुरी चल्ने र मेघगर्जनसहित पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ।

आजको मौसम तालिका

दिउँसो : देशका पश्चिमी भू-भागहरूमा सामान्य देखि पूर्ण बदली रहि पूर्वि र मध्य भू-भागहरूमा आंसिक देखि सामान्य बदलि रहनेछ। पुर्वी तथा मध्य भु-भागका थोेरै स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति : देशभरिनै आंसिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। पुर्वी तथा मध्य भु-भागका एक-दुई स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

२०७६ जेठ २९ गते ७:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर