फेसबुकको पछिल्लो ३ महिनाको कमाई साढे १३ अर्ब डलर

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक १६ गते ७:३२

एजेन्सी । सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर आम्दानी गरेको छ ।

सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकको रिपोर्ट अनुसार फेसबुकका कूल मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब २७ करोड पुगेको छ । जबकी दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ४९ करोड रहेको छ ।

फेसबुकको प्रयोगकर्ताको संख्या गत वर्षको यो अवधिको तुलनामा ९ प्रतिशतले बढि हो ।विश्वको क्षेत्रगत वृद्धिदरको हिसाबले एसिया प्रशान्त क्षेत्रमा फेसबुकले सबैभन्दा धेरै ३८ प्रतिशत वृद्धिदर हासिल गरेको छ ।त्यस्तै युरोपमा ३४ र उत्तर अमेरिकामा ३३ प्रतिशत वृद्धिदर हासिल भएको छ ।

फेसबुकका सिइओ मार्क जुकरबर्गले रिपोर्टमा भनेका छन्, ‘हाम्रो समुदाय तथा व्यवसाय निरन्तर रुपमा तिब्र विस्तार भैरहेको छ । अहिले २ अर्ब भन्दा धेरै मानिसले दिनमा कम्तिमा एकपटक फेसबुक चलाउँदछन् ।’

अहिले फेसबुकले प्राइभेट मेसेजिङ र स्टोरिजमा उत्कृष्ट सेवा प्रदान गरिरहेको र भिडियो र कमर्श क्षेत्रमा पनि पर्याप्त अवसर रहेको उनको भनाई छ ।फेसबुकका अनुसार अहिले २ अर्ब ६० करोड मानिसले हरेक महिना फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम वा मेसेन्जरमध्ये एक वा सबै चलाउँदछन् ।

सबुक कम्पनीमा अहिले ३३ हजार ६०६ जना कर्मचारीले काम गरिरहेका छन् ।रिपोर्ट अनुसार पछिल्लो समयमा भारत, इण्डोनेसिया र फिलिपिन्समा सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या बढेकोले दैनिक सक्रिय फेसबुक प्रयोगकर्ताको संख्या १ अर्ब ४९ करोड पुगेको छ ।रिपोर्ट अनुसार मोबाइल विज्ञापनको राजश्वले फेसबुकको कूल राजश्वमा ९२ प्रतिशत हिस्सा ओगटेको छ ।

२०७५ कार्तिक १६ गते ७:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर