तिहार नजिकिएसंगै बजारमा देखिएको रौनक (फोटो फिचर )
आजको खबर | प्रकाशित : २०७५ कार्तिक १८ गते ११:४४

नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लीने गरिन्छ । तिहारलाई पांच दिन सम्म मनाउने प्रचलन छ जसलाई यम पञ्चक भनिन्छ । यस पर्वमा काग, गाई आदिको पूजा गरेर मानब र प्रकृति बीचको सौन्दर्यतालाई आत्मसात गरिन्छ । दिपावलीको रमझम सबैतिर छाएको हुन्छ । सबैको मनमा आनन्दको वर्षा हुन्छ । देउसी भैलो गाएर मनोरंजन गरिन्छ । लक्ष्मी पूजा गरेर वर्षा भरि आर्थिक आभाव नहोस भनि माताजी संग प्रार्थना गरिन्छ ।
जीवनका अज्ञान रूपी अन्धकारलाई हटाएर प्रकाशको दिब्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश यस पर्बले दिएको हुन्छ । प्रकृति भोग्य होइनन यी त सहगामिनी हुन् भन्ने कुरा यो पर्व बाट थाहा हुन्छ । दिदि बहिनीलाई टिका लगाईदिने मेवा – मिष्ठान खुवाउने, मखमली फूलको माला लगिदिने आदि मनोहर व्यवहारले भाइ बहिनीको प्रेमको उजागर गरेको छ ।
हिन्दुहरुको ठूलो चाड मध्येको एक तिहार नजिकिएसँगै अहिले सबै ठाउको पसलहरु तिहारका सामग्रीहरुले भरिपुर्ण भएका छन् । मानिसहरुलाई तिहारका सामाग्रीहरु किनमेल गर्न भ्याईनभ्याइ छ ।
हेर्नुहोस तिहार नजिकिएसँगै तिहारका सामग्रीहरुले भरिपुर्ण पसलहरुको केहि तस्बिरहरु:
तस्बिरहरु: रासस