सोडारी बर्खास्त भएपछि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २७ गते १२:५६

कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त भएका छन्।

मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम दीर्घ सोडारीलाई बर्खास्त गरेपछि सुवेदीलाई नियुक्त गरेका हुन्।

सुवेदीले मंगलबार साँझ ४ बजे प्रदेश प्रमुख मोहन राज मल्लबाट सपथ खाएका छन्।

एमालेमा तत्कालिन कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी क्षेत्र नम्बर ४ ‘ख’बाट प्रदेशसभामा निर्वाचित सदस्य हुन्।

२०७५ कार्तिक २७ गते १२:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर