पाँच सय पच्चीस जनालाई पुनः श्रम स्वीकृति प्रदान

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १ गते १५:५३

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचलले आज शानिबारसमेत पुनः श्रम स्वीकृति जारी गरेको छ।

बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालयमा आएका ५२५ जनालाई श्रम स्वीकृति प्रदान गरेको कार्यालय प्रमुख युवराज खतिवडाले जानकारी दिए।

चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीका क्रममा विदेशिने युवाको चाप बढेकाले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गरिएको उनले बताए।

नेपाल सरकारले रोजगारीका लागि खुला गरेको १७२ देशमा कामका लागि जाने नेपालीलाई उक्त कार्यालयले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति जारी गर्दै आएको छ। हाल दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ।

२०७५ मंसिर १ गते १५:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर