हेर्नुहोस् राशिअनुसार आजको तपाईको आफ्नो भाग्य (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १७ गते १:५६

वि.सं.२०७५ साल मङ्सिर १७ गते । सोमबार । ईश्वी सन् २०१८ डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग कृष्ण पक्ष । तिथि एकादशी, १८ घडी ५० पला, दिउँसो ०२ बजेर १२ मिनेट उप्रान्त द्वादशी । नक्षत्र चित्रा, ५४ घडी २३ पला । योग सौभाग्य, ५२ घडी १७ पला । करण वालव, दिउँसो ०२ बजेर १२ मिनेट उप्रान्त कौलव, रातको ०१ बजेर ३४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा मुद्गर योग । चन्द्रराशि कन्या, बेलुकी ०४ बजेर ४१ मिनेट उप्रान्त तुला । उत्पत्तिका एकादशी व्रत । विश्व अपाङ्ग दिवस ।

काठमाडौंमा सूर्योदय ०६ बजेर ४० मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०७ पला ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)

विद्या तथा प्रतिस्पर्धीहरूलाई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण, रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेको छ । राजनीति गर्नेहरूले सहकर्मीहरूलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । साझपख भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तीको योग रहेको छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

पढाइ लेखाइ बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो आम्दानी नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेको छ । माया प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यता बस टाडा हुनु पर्नेछ । आफन्त तथा सन्तानले तपाईंको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्त्वपूर्ण अवसरहरू गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ । साँझपखको  समय राम्रो रहेकाले न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् । प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दै हुनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनु पर्दा गाह्रो महसुस हुनेछ । पढाइ लेखाइ विभिन्न कारणले अस्तव्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरूभन्दा पछि परिनेछ । सर्वसाधारणले सहयोग नगर्ने हुँदा राजनीति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्यसम्बन्धी समस्या आउने योग रहेको छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

न्यायिक निर्णय तथा कानुनी फैसलाहरू तपाईंकै पक्षमा आउनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अरूलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । साझपख आमा तथा आफन्तसँग टाढिएर लामो दूरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला । बोलीको गलत अर्थ लाग्ने तथा तपाईंको निर्णय तपार्इं आफैलाई आत्मघाती हुन सक्छ । आफन्त, साथीभाइ तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ, ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । साँझपख समय राम्रो रहेकाले छोटो दूरीको यात्राको प्रशस्त सम्भावना रहेको छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तीको योग रहेको छ । विभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रूपमा सम्पन्न हुने चालिएका कदमबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वातावरण बन्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

आफन्त तथा परिवारकै सदस्यहरूबाट सहयोग नपाइने हुँदा कामहरू थाँती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकाले केही समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरूकै नकारात्मक टीका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पतिपत्नीबीच अविश्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्यसम्बन्धी समस्या आउनेछ । लामो दूरीको विदेश यात्राको तय हुनेछ । साँझपख समय राम्रो रहेकाले राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

भौतिक सम्पत्ति तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरू फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइ लखाइमा तपाईंको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । साझपख विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न  सक्नेछन् ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । राजनीति तथा समाजसेवीहरूले राज्यबाट लाभ पाउने समय रहेको छ भने व्यापारमा समयमा लगानी गर्नेहरूले मनग्गे धन कमाउन सक्नेछन् । बुवासरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरूले तपाईंकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ । साँझपख व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

व्यापार व्यावसायमा लगानी गर्न केही समय कुर्नु नै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला ।  समयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ, ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । सङ्गत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला कष्टकर पनि हुन सक्छ । साँझपख समय राम्रो रहेकाले व्यापारमा वृद्धि हुनेछ भने गीत सङ्गीतमा रुचि बढ्नेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

समस्याका खाडलहरू पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । विषेशगरी चेलीमाइतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरू थाँती रहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नीबीच मनमुटाव सिर्जना हुने योग रहेको छ । साँझपख लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

आफ्नो क्षमता प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलाशी जीवन व्यतित गरी रमाउने समय रहेको छ । जीवन साथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । साझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेको छ ।

२०७५ मंसिर १७ गते १:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर