यामाहाको नयाँ रेसिङ बाइक नेपाली बजारमा

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २० गते १३:०९

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित सुपर स्पोर्टस्बाइक आर१५ ९भर्सन ३।०० सार्वजनिक गरेको छ ।

नयाँ मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ ।

यसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ ९भीभीए० र ‘असिस्ट एन्ड स्लिपर’ ९ए एन्ड एस० क्लच जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको कम्पनीले जनाएको छ ।
सन् १९९८ मा यामाहा आर१ लञ्च भएपछि सुरु भएको रेसिङ विधालाई निरन्तरता दिँदै यामाहाले नयाँ आर१५ भी३मा पनि त्यस्तै बेजोड प्रविधिसहितका दिने फिचरहरु राखेको छ ।

यसमा अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सीसीको इन्जिन जडान गरिएको छ जसले १०,००० आरपीएममा १९।३ पीएसको पावर र ८५०० आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ ।

नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको छ ।

२०७५ मंसिर २० गते १३:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर