अबको एक वर्षमै सरकारले देशमा ठूलो परिवर्तन गरेर देखाउछ : प्रचण्ड

आजको खबर   |    प्रकाशित : २०७५ पुष १ गते १६:३२

रामपुर । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गर्ने बताउएका छन् ।

आज पाल्पाको रामपुरमा कार्यकर्तासँगको भेटका क्रममा उनले नेपालमा भएका केही परिवर्तन विश्वमा नै उदाहरणीय भएको बताए।

विस्तृत शान्ति सम्झौता, संविधान निर्माण, नयाँ संविधान निर्माण अनुरुप तीन तहको निर्वाचन, तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता तथा दुई तिहाईको सरकार निर्माण नेपालका लागि महत्वपूर्ण फड्को भएको अध्यक्ष दाहालले बताए।

सरकारले सामाजिक सुरक्षा योजनासँगै धेरै राम्रा उपलब्धी हासिल गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले अबको पाँच वर्षमा प्रत्येक नागरिकले समृद्धि महसुस गर्ने स्पष्ट पारे । उनले सरकारको आलोचना गर्नेलाई पाँच वर्षमा हुने परिवर्तनबाट जवाफ मिल्ने बताए।

२०७५ पुष १ गते १६:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर