भारतमा ३३ किलो सुनसहित पक्राउ परेका २ नेपाली गोरेका सहयोगी !

आजको खबर   |    प्रकाशित : २०७५ पुष २ गते १:५५

काठमाडौं। भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ।

भारतीय प्रहरीद्वारा विशेष सूचनाका आधारमा कोलकताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायब भएको ३३ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सुनका बारेमा अनुसन्धान सुरु गरेको हो।

नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी उपरिक्षक रामदत्त जोशीले समातिएको सुनको बारेमा अनुसन्धान सुरु भएको जानकारी दिए।

भारतमा प्रक्राउ परेका २ जना नेपाली नागरिक यसअघि ३३ किलो सुनका मुख्य नाइके चुणामणि उप्रेती गोरेका सहयोगी भएको आशंका नेपाल प्रहरीले गरेको र भारतीय प्रहरीले पनि पक्राउ परेका व्यक्ति गोरेका सहयोगी भएको जानकारी नेपाल प्रहरीलाई गराइसकेको एक उच्च अधिकारीले बताए। नेपाल समाचारपत्र दैनिक

२०७५ पुष २ गते १:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर