डुङ्गा दुर्घटनामा नौ व्यक्तिको मृत्यु एकजना बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ पुष १९ गते ९:२०

नयाँ दिल्ली । पूर्वी भारतीय राज्य उडिसामा बुधबार भएको डुङ्गा दुर्घटनामा कम्तीमा नौ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एकजना बेपत्ता भएको सरकारी अधिकारीहरुले बिहीबार सो जानकाारी दिएका छन् ।
उडिसा राज्यको केन्द्रपारा जिल्लामा रहेको माहानदी नदीमा सो दुर्घटना भएको जनाइएको छ । समाचारदाताहरुका अनुसार यस दुर्घटनामा दुई महिला र सात बालबालिकाको मृत्यु भएको छ ।

प्रान्तीय राजधानी उडिसाको भुवनेश्वरबाट १२४ किलोमिटर उत्तरपूर्वमा रहेको इलाकामा स्थानीय समयानुसार बुधबार साँझ सो घटना भएको थियो । बुधबार बेलुका ५५ व्यक्ति सवार रहेका सो डुङ्गा हुकितोला द्वीपमा बनभोज खाएर फर्किरहेका अवस्थामा माहानदी नदीमा दुर्घटना भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् ।

डुङ्गामा सवार ४५ जनालाई जिवीतै उद्धार गरिएको र १० जना अझै वेपत्ता रहेका थिए । गएराति रातभर गरिएको खोजीपछि नौ व्यक्तिको शव भेटिएको र अर्का एक जना अझै वेपत्ता रहेका प्रहरीले जानकारी दिएको छ ।
यस दुर्घटनापछि सो राज्यका मुख्यमन्त्री नवीन पटनायकले यस दुर्घटनामा मारिएका व्यक्तिका परिवारजनलाई चार लाख भारतीय रुपैयाँ उपलब्ध गराइने र घाइतेलाई निःशुल्क उपचार गरिने घोषणा गरेका छन् ।

२०७५ पुष १९ गते ९:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर