झारफुक गर्ने बहानामा किशोरीलाई बलात्कार गर्ने ७५ वर्षिय वृद्ध पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ पुष २० गते ४:५७

चितवन। पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई झारफुक गर्ने बहानामा जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् ।

किशोरीका अनुसार वृद्धले आफुलाई झारफुक गर्ने बहानामा जबर्जस्ती गर्नाका साथै एउटा जन्तरसमेत लगाउन दिएको र त्यो लगाएपछि आफू उसैप्रति आर्कषित हुँदै आएको र त्यसको फाइदा वृद्धले उठाएको बताइन् । पीडित किशोरीको बयान अनुसार वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी दिएकीले वृद्धलाई नियन्त्रणमा लिइएको उनले बताए ।

२०७५ पुष २० गते ४:५७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर